
काठमाडौं । तीन दिनअघि नेपाली कला क्षेत्रका केही हस्तीहरु कांग्रेस पार्टीमा प्रवेश गरेको भन्दै सामाजिक सञ्चालमा हल्ला फैलिएको थियो । त्यही हल्लाका भरमा केही अनलाइन मिडियाले समाचार पनि बनाए । तर कलाकारहरुले भने कांग्रेसमा प्रवेश नगरेको दावी गर्न थालेका छन् ।
नीर शाह, धिरेन्द्र शाक्य, झरना थापा, पार्वती राईले कांग्रेसको टिका थापेको हल्ला चलेको थियो । पूर्वमहामन्त्री प्रकाशमान सिंहले उनीहरुलाई पार्टीमा स्वागत गरेको भन्दै केही तस्विरहरु पनि सार्वजनिक भएका थिए । तर प्रवेशीको नाममा परेकी मोडल पार्वती राईले भने हल्लालाई अस्वीकार गरेकी छिन् ।
‘म स्वतन्त्र कलाकार हुँ, कांग्रेस होइन’, उनले सामाजिक सञ्जालबाट भनेकी छिन्, ‘कुनै पार्टीप्रति मेरो पूर्वाग्रह छैन, अहिले नै कुनै पार्टीको सदस्यता लिएकी छैन, भविश्यमा लिएँ भने बताउने छु । अहिलेलाई भ्रम नफैलाइदिनुहोस ।’
प्रवेश गर्नेको सूचिमा शंकर विसीको नाम पनि राखिएको थियो । उनले पनि कांग्रेसका प्रवेश नगरेको सामाजिक सञ्जालबाट बताएका छन् ।
निर्वाचनका बेला भने नेपालका कालाकारहरुको दलबदलमा होडबाजी नै हुन्छ । अन्य बेला भने धेरै कलाकारहरु राजनीतिक दलको कार्यकर्ता बन्ने गरेका छैनन् ।
Comments
Post a Comment