वैदेशिक रोजगार विभागद्वारा १० वटा म्यानपावर कम्पनी खारेज

काठमाडौं । वैदेशिक रोजगार विभागले १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ ।

विभागले समयमा नवीकरण नगर्ने तथा गल्ती दोहो¥याइरहने म्यानपावर कम्पनीहरूलाई खारेज जनाएको छ । मंगलबार विभागले सार्वजनिक गरेको विवरणअनुसार स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस र प्रिसाइस इन्टरनेशनल प्रालि खारेज भएका हुन्।

यसैगरी इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, प्रसिद्ध ओभरसिज प्रालि, वर्ल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज प्रालि खारेजीमा परेको विभागले जनाएको छ ।

यसअघि विभिन्न समयमा १ सय ९७ वटा म्यानपावर कम्पनी खारेजीमा परेका थिए। हाल १४ सयभन्दा बढी म्यानपावर कम्पनीहरु विभागमा दर्ता भएका छन्। जसमध्ये ११ सय हाराहारीमा मात्रै म्यानपावर कम्पनीहरु सञ्चालनमा रहेको बताइन्छ।

सरकारले वर्षमा १ सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीलाई समेत खारेज तथा मर्जर गर्ने प्रावधान ल्याएको छ।

Comments