युवतीको मृत्युपछि कैलालीको लम्की तनावग्रस्त, प्रहरी र प्रदर्शनकारी घाइते

कैलाली । लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्ती दिन माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेपछि यातायात सेवा ठप्प भएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नीरिक्षक लाल बहादुर साउँदले स्थानीयले लम्की बजारमा प्रर्दशन गर्दै राजमार्ग अवरुद्ध गरेपछि यातायात सेवामा अवरोध सिर्जना भएको बताए। आज बिहान लम्कीमा पश्चिमबाट पूर्व जार्दै गरेको ट्रकले ठक्कर दिदा स्थानीय सुनिता रावलको मृत्यु भएको थियो।

लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ ।राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रेका मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा सात प्रहरी र एक शिक्षक घाइते भएका छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।

लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनीता रावलको ज्यान गएको थियो । घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रदर्शन थालेका हुन् ।उनीहरुले उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखेर पूर्वपश्चिम राजमार्गमा सवारीका साधन चल्न दिएका छैनन् ।

राजमार्ग खुलाउन गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेर घाइते बनाएका कैलालीका एसपी आभूषण तिमिल्सेनाले जानकारी दिए ।अहिले पनि लम्कीबजार तनावग्रस्त छ । मृतकको शव आफन्तले उठाउन दिएका छैनन् ।

युवतीको मृत्युपछि लम्कीबजार तनावग्रस्त, झडप हुँदा ७ प्रहरी घाइते

Comments