कांग्रेस शीर्ष नेतामा बेल्जियम विवाद बल्झियो, विवाद मिलाउन पूर्णबहादुर अघि सरे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्जियम कांग्रेसको जननिर्वाचित जनसम्पर्क समिति बर्खास्त गरी नयाँ समिति खडा गरेपछि शिर्ष नेताबीच सतहमा देखिने गरी विवाद शूरु भएको छ ।

देउवाको निर्देशनमा पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जननिर्वाचित जनसम्पर्क समितिलाई भङग गरेलगतै महामन्त्री शशांक कोइरालाले अर्काे पत्र पठाएर निर्वाचित समितिलाई नै मान्यता दिएका थिए ।

देउवाले सीता सापकोटा नेतृत्वको निर्वाचित समितिलाई भङग गर्दै माधव सापकोटा नेतृत्वको समिति गठन गरेका थिए । देउवालाई चुनौति दिँद महामन्त्री कोइरालाले पुरानालाई नै मान्यता दिनेगरी पत्राचार गरेका थिए ।

बेल्जिमको विवाद सानेपासम्म आइपुगेको छ । बेल्जियमको विवादले शिर्ष नेताबीच टकराव शूरु भएको छ । सभापति देउवा र महामन्त्री कोइरालाको विवाद मिलाउन अर्का महामन्त्री पूर्णबहादुर खड्का लागि परेका छन् ।

महामन्त्री खड्काकै पहलमा सोमबार सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सम्वाद भएको छ । देउवा र पौडलले बेल्जियमको विवाद दुई महामन्त्री बसेर मिलाउने गरी सहमति गरेका छन् ।

Comments