नेपाल वाङ्मय परिषदमा नयाँ कार्यसमिति

सुुदूूर पश्चिम क्षेत्रमा रहेर नेपालीभाषा, साहित्य, कला एवम् संस्कृतिको पक्षमा क्रियाशिल संस्था नेपाल वाङ्मय परिषदले आज २०७५ वैशाख १४ गते आफ्नो वार्षिक साधारण सभा र कार्यसमितिको दोस्रो सम्मेलन सम्पन्न गरेको छ ।

परिषदका अध्यक्ष डा. पुुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारण सभाको सञ्चालन महासचिव बाबुुराम आचार्यले गरेका थिए ।

साहित्यकार श्रेष्ठ प्रिया पत्थरको प्रमुख आथित्यमा सम्पन्न भएको सो समारोहमा सल्लाहकार लक्ष्मीराम आचार्य, विशिष्ट अतिथि हेमन्ती जोशी एवम् प्रमुख अतिथि श्रेष्ठ प्रिया पत्थरले सम्मेलनको सफलताको कामना गर्नु भएको थियो ।

यस सम्मेलनले डा. पुुष्करराजभट्टको अध्यक्षतामा बाबुुराम आचार्य र अम्बिका आचार्य उपाध्यक्षमा, महासचिवमा लक्षीराम आचार्य, सचिवमा दीप सागर पन्त एवम् कोषाध्यक्षमा कुुसुुम भट्टलाई चयन गरेको छ ।

समितिका सदस्यमा नरेन्द्र गिरी, योगराज आचार्य, रामचन्द्र जोशी, यमराज जोशी, जनक रसिक, चक्र चनारा एवम् मेघनाथ खनाललाई चयन गरेको छ । त्यस्तै तत्काल बसेको बैठकले श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, केदार प्रसाद आचार्य, फाल्गुना दाहाल र भुुवन निस्तेजलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

Comments