दिल्लीले विराट कोहलीबिरुद्ध सन्दीपलाई मैदानमा उतार्‍यो

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध दिल्ली क्यापिटलसले नेपाली स्पिनर सन्दीप लामिछानेलाई मैदानमा उतारेको छ । दिल्लीले घरेलु मैदान फिरोज शाह कोटलामा आरसिवीबिरुद्ध दिल्लीले सन्दीपलाई मैदानमा ल्याएको हो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय दिल्लीले गरेको छ । दिल्लीका कप्तान श्रेयस ऐरले प्लेईङ ११ को सुचिमा सन्दीप रहेको घोषणा गरेका छन् । आइपीएलका पाँच खेलमा ८ बिकेट लिएका सन्दीप आइपीएलमा उदाउदा तारा बनेका छन् । क्रिस मोरिसको स्थानमा सन्दीपलाई मैदानमा ल्याइएको छ ।

दिल्लीबाट आज शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर, ऋषभ पन्त, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, अक्षर पर्टेल, कागिसो रबाडा, सन्दीप लामिछाने, अमित मिश्रा र ईशान्त शर्मा मैदानमा उत्रिने भएका छन् ।

Comments