गैर आवासीय नेपाली संघ कोरियाको सातौँ अधिवेशन घाेषणा

दक्षिण कोरिया। गैर आवासीय नेपाली संघ कोरियाको सातौँ अधिवेशन ७ र १८ अगष्ट १तारिखमा हुने भएको छ। गत शनिवार भएको एसिया प्यासेफिक बैठकले सो निर्णय गरेको प्रवक्ता अशोक मैनालीले बताए ।

बैठकले नयाँ सदस्यता दर्ता र नविकरणको लागी प्रवक्ता मैनाली र सचिव केशव थापाको संयोजकत्वमा सचिवालय गठन गर्ने निर्णय गरेको छ । नयाँ सदस्यता आवेदन फर्म भने केन्द्रबाट समन्वय गरि मे दोश्रो हप्ताबाट खुल्ला गरिने एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङले बताइन्।

प्रवासी नेपाली एकता मंचका केन्द्रीय सदस्य ठगेन्द्र न्यौपानेले छैटौं अधिवेशनको म्यान्डेड र पछिल्ला अनौपचारिक छलफलको सहमती विपरीत विशेष साधारण सभा नतोकी सातौं अधिवेशन तोक्दा पर्न सक्ने कानुनी समस्या वारे सचेत रहन एनआरएन कोरिया समक्ष अनुरोध गरेका छन् ।

त्यसैगरी ओएनयूएफ्का केन्द्रीय संयोजक परसुराम सापकोटाले आफुहरु यस अधिवेसनबारे एक्सन प्लान बनाएर अगाडि बढ्ने बताए ।

Comments