केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफको पोल्टामा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बन्‍न सफल भएको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि रक्षा गरेको हो ।

लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनल भिडन्तमा एपिएफले सोझो नतिजा निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । अर्कातिर नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै न्यू डायमन्ड तेस्रो बन्‍न सफल भएको थियो ।

Comments