समर्थकमाथि नै स्टार खेलाडी नेयमारले हात हालेपछि..

एजेन्सी । पेरिस सेन्ट जर्मेंन (पिएसजी) का प्रशिक्षक थोमस तुचेलले आफ्ना स्टार खेलाडी नेयमारको आलोचना गरेका छन्। फ्रेन्च कप फाइनलमा उनले नेयमारको आलोचना गरेका हुन्।

फेन्च कप फाइनलमा २-० को अग्रता गुमाउँदै २-२ को बराबरी पछि पिएसजी रेन्नेसविरुद्ध पेनाल्टीमा ६-५ ले पराजित भएको थियो। खेलपछि भिडियो खिच्दै गरेका एक समर्थकमाथि आक्रोशित हुँदै नेयमारले हात हालेका थिए। उक्त घटनामा बोल्दै तुचेलले नेयमारको त्यस व्यवहार अप्रत्याशित रहेको बताए।

उनले हारपछि सबैमा आक्रोश र निराशा हुने भन्दै खेलाडीले हारलाई अंगाल्दै समर्थकलाई इज्जत गर्न जरुरी भएको प्रतिक्रिया दिए ।

उक्त हारपछि पिएसजी लगातार ४ वर्षपछि पछि फ्रेन्च कप उपाधी जित्न बन्चित भएको छ ।

Comments