वडाअध्यक्ष कार्यकक्षमै मस्त निदाएपछि…

कैलाली । गौरीगंगा नगरपालिका वडा नम्बर-१ का  अध्यक्ष कार्यकक्षमै निदाएपछि चर्को आलोचना भएको छ ।

जिल्लाकाे गौरीगंगा नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष जगतराम चौधरी कार्यकक्षमै निदाएको फोटो सामाजिक संञ्जाल फेसबुकमा भाईरल भएपछि उनको चर्को आलोचना भएको हो । अध्यक्ष चौधरी कार्यकक्षमै निदाएको फोटो समाजिक सञ्जाल फेसबुकमा भाइरल भएको हो । उक्त फोटोलाई लिएर वडा अध्यक्षको चौतर्फी आलोचना भईरहेको छ।

वडा अध्यक्ष निदाएको फोटो फेसबुकमा पोष्ट गर्दै भुवन बुढाले गौरीगंगा नगरपालिका १ का अध्यक्ष कार्यालयमा मस्त सुत्नु जायज हो या नाजायज तस्बिर आफै बोल्छ की भनेर लेखेका छन्।

यता वडा अध्यक्ष जगतराम चौधरीले भने उक्त फोटो डेढ महिना अगाडीको भएपनि सार्वजनिक आज भएको बताए । त्यो दिन आफू फिल्डबाट थाकेर आएकाले कार्यालयमै निदाएको उनले स्वीकार समेत गरेका छन्।

Comments