कपिलवस्तुमा एक युवतीको ढुंगा हानि हत्या, श्रीमानसहित ३ पक्राउ

काठमाडौं । कपिलवस्तुमा एक विवाहित युवतीको हत्या गरिएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको ढुंगा हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव सोमबार बिहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको छ । युवतीको निधारमा ढुंगाले हानेर हत्या गरिएको पाइएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अच्युतमप्रसाद पुडासैनीले जानकारी दिए।

हत्यामा संलग्न भएको आशंकामा उनका श्रीमान २१ वर्षकै सुरेश थारूसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरीले जानाएको छ। प्रहरीका अनुसार सुनीतालाई उनका श्रीमानले आइतबार राति ९ बजेतिर नुहाउन भन्दै घर नजिकैको वाणगंगा खोलामा लगेका थिए।

नुहाउन गएकी छोरी राति अबेरसम्म घर नफर्केपछि माइती पक्षले सोमबार बिहानै प्रहरीलाई खबर गरेका थिए। स्थानीयका अनुसार सुनीता र सुरेशले एक वर्षअघि प्रेम विवाह गरेका थिए।

Comments