सरकारले सोचेको अनुरुप विकासले गति लिएको छैन्- मन्त्री बाँस्कोटा

भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अहिलेको विकासको गति सरकारले सोचे अनुरुप अघि बढ्न नसकेको बताएका छन् ।

भक्तपुरको नगरकोटस्थित तेलकोटमा आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडक निर्माण कार्यको सिलान्यास कार्यक्रममा मन्त्री बाँस्कोटाले विकास कार्यमा कहिँ न कहिँ अठ्यारो देखिएको बताउँदै ती अठ्यारा छिचोलेर सरकार अघि बढ्ने दाबी गरे ।

उनले मान्छेको मति र गति नसच्चिएकै कारण विकासमा बाधा उत्पन्न भएको उल्लेख गर्दै मुलुकमा केहीकेही कुरामा थिति बिग्रेको बताए । चाइनाले बीआईआर स्विकार गरिसकेकाले अब नेपालमा रेल आउने कुरा निश्चित भएको पनि मन्त्री बाँस्कोटाले बताए । उनले गुणस्तरिय कार्य नगर्ने, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनको डण्डा चलाएर भएपनि निर्माणको प्रक्रियामा ल्याउने जिकिर गरे ।

सञ्चारमन्त्री बाँस्कोटाले प्रदेश सरकारले विनियोजन गरेको २७ करोड २५ लाख लागतको १३ किमि सडक निर्माण कार्यको सिलान्यास गरेका हुन् । मनोहरापुलदेखी तेलकोट सम्मको सडक १८ महिनाभित्र निर्माण सम्पन्न हुने चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिए ।

Comments