राष्ट्रपति भण्डारीलाई ग्रेटहलमा भव्य स्वागत ( फोटो फिचर)

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा भव्य स्वागत गरेका छन्।

राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी पनि दिइएको थियो। राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो। भण्डारीले सेनाको एक समूहको अवलोकन पनि गरिन्।

 

सैनिक सम्मानपछि चिनियाँ बालबालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए। उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन्।

 

Comments