युएईले दियो नेपाललाई १५४ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई० ले पहिलो टी(ट्वान्टी क्रिकेटमा नेपाललाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ ।दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनायो ।

यूएईका लागि शाइमन अनवारले उत्कृष्ट ब्याटिङ गरे । ३८ बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मलतमा ५९ रन बनाए । मोहम्मद उस्मान ३० र सीपी रिजवान २२ रनमा आउट भए । मोहम्मद बुटाले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई(दुई विकेट लिएका छन् । त्यस्तै सोमपाल कामी र अभिनाश बोहोराले एक(एक विकेट लिए । करण केसी महंगो सावित भए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए ।

Comments