केसीको अनशन विरुद्ध चिकित्सकहरुको प्रदर्शन

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीको अनशन विरुद्ध सरकारकै पक्षमा वकालत गर्दै चिकित्सकहरुको एउटा समूहले आज त्रिवि शिक्षण अस्पतालमा धर्ना दिएको छ।

२३ दिनदेखि आमरण अनशन बसिरहेका डा. केसीको आन्दोलनका विरुद्धमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुको एउटा समूहले प्रदर्शन गरेको हो। अस्पताल क्षेत्र अनशन मुक्त क्षेत्र भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए।
महराजगञ्ज क्याम्पसका पूर्व प्रमुख प्रा. डा. रामप्रसाद उप्रेतीको नेतृत्वमा केसीविरुद्ध डा. केसी चाहिँदैन अनशन बस्न पाइदैनु भन्दै नारा लगाइएको थियो।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले चिकित्सा शिक्षामा अनियमितता भएको र त्यसमा संलग्न रहेको भन्दै ४३ जनालाई कारबाहीको सिफारिस गरेको थियो। आजको आन्दोलनलाई नेतृत्व गरिरहेका डाक्टर उप्रेतीको नाम त्यो सूचीमा पनि छ।

उप्रेती स्वास्थ्य मन्त्रालयबाट अस्पताल सञ्चालको स्विकृती समेत नलिएको सुनसान नेशनल अस्पताललाई मेडिकल कलेज सञ्चालनको स्विकृती दिन सिफारिस गर्ने व्यक्तिमध्येका एक हुन्। उनीहरलाई कारवाही गर्नुपर्ने भन्दै डाक्टर केसी अनशन बसिरहेका छन्।

Comments