काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै अनशन बसेका चिकित्सक सङ्घका डाक्टरहरूलाई अनशन नबस्न निर्देशन दिएको छ ।
चिकित्सक सङ्घमा आबद्ध डाक्टरहरू केसीको मागलाई एक्यबद्दता जनाउँदै सोमबारदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिले अनशन बसेका थिए।
यसै बिच शिक्षण अस्पतालले पनि सोमबार नै प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा डाक्टरहरूलाई अनशन नबस्न आग्रह गरिसकेको छ। बिरामीलाई मर्का परेको भन्दै अस्पतालले डाक्टरहरुलाई अनशन नबस्न आग्रह गरेको हो । तर मन्त्रालयको निर्देशन अटेर गरेर डाक्टरहरु रिले अनशन बसिरहेका छन् ।
प्रेस विज्ञप्ति:

Comments
Post a Comment