काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचराष्ट्रिय चिकित्सा शिक्षा विधेयक,२०७५ संघीय संसद राष्ट्रियसभाबाट पनि पारित भएको छ। 
उनीहरूले सरकार र डा. गोविन्द केसीबीच उनको १५औँ अनशन तोड्ने बेला भएका सहमतिका बुँदा, जो विधेयकमा समेटिएका थिएनन्, लाई संशोधनमार्फत विधेयकमा राख्न संशोधन राखेका थिए। तर दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । तिनै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।
बिहीबार राष्ट्रियसभाको बैठकभरी नेपाली कांग्रेसका सांसदहरु भने उभिएरै विरोध जनाइरहेका थिए ।
Comments
Post a Comment