कांग्रेसले संसद अवरुद्ध पारेपछि २० गतेसम्मलाई स्थगित, सरकार दम्भ र अहंकारी भयो-रिजाल

काठमाडौं । जवरजस्ती चिकित्सा शिक्षा बिधेयक पारित गरेको भन्दै नेपाली कांग्रेसले आज पनि ब्यवस्थापिका संसदको बैठक अबरुद्ध पारेको छ । विहान बसेको कांग्रेस संसदीय दलको बैठकले दुवै सदन चल्न नदिने निर्णय गरेको थियो । निर्णय भएलगतै संसद पुगेका कांग्रेसहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् । संसद अबरुद्ध पारेपछि बैठक २० गतेसम्मका लागि स्थगित गरिएको छ ।

बैठक बसेलगतै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकार र नेकपा दुई तिहाईको बलमा दम्भ र अहंकारी भएको बताए । ‘हामी प्रतिपक्षसँग मात्र दुई तिहाईको बलमा निहुँ खोजिएको छैन, अमेरिका, बेलायत र युरोपियन यूनियनसँग पनि नेकपा र सरकारले जुहारी खेलिरहेको छ’, रिजालले भने ‘यो दम्भ र अहंकार हो ।’ रिजालले सरकार र नेकपाको मात्र आलोजना गरेनन् सभामुखको पनि आलोचना गरेका छन् । चिकित्सा शिक्षा बिधेयक पारित गर्दा मार्सल लगाएको भन्दै उनले आपत्ति जनाएका थिए ।

‘सभामुखको हिंसासन उच्च स्थानमा छ, सभामुख कुनै पार्टी वा सत्ताको हुँदैन, संसदमा प्रतिनिधित्व गर्ने सवै सांसदको अभिभाक हो’, उनले भने ‘सभामुख महोदय तपाईको मुहारमा सवैले आफ्नो अभिभावको छाया देख्न सक्नु पर्दछ ।’ रिजालले बोले लगतै कांग्रेस सांसदहरु आफ्नो आसनमा उभिएका थिए । सभामुख कृष्णबहादुर महराले बारम्वार बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरु बस्न मानेन् । त्यसपछि बैठक २० गनेसम्मका लागि स्थगित गरिएको छ ।

Comments