पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जमिन बाँझो राखेर समृद्धि नआउने बताएकी छन् ।
‘चीनमा जग्गा–जमिन बाँझो राख्न पाइँदैन, नेपालमा आँगनको सुर्को पनि बाँझो छ’, मन्त्री अर्यालले भनिन् । सरकारले भूमि व्यवस्थापन र भूमि ऐन छिट्टै ल्याउने जानकारी दिदै उनले ऐन निमार्णसँगै तीन महिनाभित्र परिणाम आउने गरी काम गर्ने प्रष्ट पारिन् । छरपस्ट रहेको भूमिहरुलाई व्यवस्थापन गर्नका लागि भूमि बैंकको व्यवस्था गर्नेगरी ऐन संसदमा पेश भैसकेको उनले जानकारी दिइन्।
सुकुम्बासी समस्या र अव्यवस्थित समास्याको समाधानका लागि ऐन निर्माण गर्नुको विकल्प नरहेको उनको भनाइ छ । सुकुम्बासीको समाधान प्रकृति हेरेर व्यवस्थापन गर्ने मन्त्री अर्यालले बताइन्।
समस्या समाधानको जिम्मा संघीय सरकारको मात्र नभएर प्रदेश सरकार र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।
Comments
Post a Comment