काठमाडौं । मानवतस्करीकाे गम्भिर आरोपमा मुछिएपछि चर्को विवादमा तानिएकी अष्ट्रेलियाकालागी नेपाली राजदूत लक्की शेर्पा नेपाल फिर्किएकी छन् ।
राजदूत शेर्पाले आफू निर्दोष भएको भन्दै आफूलाई फसाउन ठूलो गिरोह लागि परेको दावि समेत गरिन् । नेपाल फर्किने बेलामा उनले दूतावासका कर्मचारीहरुलाई आफू अब नफर्कने गरि विदा मागेको बताइन् । नेपाल फर्किएपछि उनले आफूमाथि लागेको आरोपबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बुझिएको छ ।
सवारी चालक वाङ्चु शेर्पाले ठूलो रकम लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि सरकारले २२ मंसिरमा शेर्पालाई काठमाडौं बोलाएर स्पष्टिकरण लिएको थियो । तर उनले आफूमाथि लागेको आरोप निराधार भएको बताउदै आएकी छन् ।
Comments
Post a Comment