काठमाडौं । यूएईबिरुद्धको तेस्रो तथा निर्णायक खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक बनाएका छन् । ५० बलको सामना गर्दै उनल अर्धशतक बनाएका हुन् । उनले ९ चौका प्रहार गरिसकेका छन् । १९ ओभरको खेल चलिरहँदा नेपालले तीन विकेटको क्षतिमा ९८ रन बनाएको छ ।
नेपालका प्रारम्भीक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ३१ रन बनाएर आउट भएका छन् भने विनोद भण्डारी ९ रनमा आउट भएका छन् । कप्तान पारस खड्का र सन्दीप जोरा क्रिजमा छन् । नेपालले विकेट जोगाउन सके खेल निकै रोचक मोडमा पुग्ने देखिएको छ ।

Comments
Post a Comment