काठमाडौं । नेपालका कप्तान पारस खड्काले यूएईसँगको सिरिज जितेको दिनलाई उज्यालो दिनका रुपमा अर्थ लगाएका छन् । एक दिवशीय पहिलो सिरिज जितेर इतिहास कायम गरेको दिनलाई कप्तान खड्काले उज्याले दिनका रुपमा ब्याख्या गरेका हु । यूएईलाई २–१ ले सिरिज जितेपछि त्यहाँका पत्रिकालाई अन्तर्वार्ता दिँदै कप्तान खड्काले नेपाली क्रिकेटका लागि उज्यालो दिन भएको बताए ।
यूएईको न्युज पोर्टल ‘द नेशनल‘सँग कुरा गर्दै खड्काले भने, ‘यो हाम्रो उज्यालो दिनहरुमध्ये एक हो । देशका लागि खेल्न पाएको हरेक अवसर भव्य हुन्छ, यूएईसँगको हाम्रो सिरिज पनि उज्यालो दिनका रुपमा सम्झना रहेछ ।’
टी–२० विश्वकप र एकदिवसीय मान्यतापछि पहिलो सिरिज जितेको दिनलाई कप्तान खड्काले उज्यालो दिनका रुपमा चर्चा गरेका छन् । यूएईबिरद्धको खेलमा कप्तान खड्काले शतकीय पारी खेलेका थिए । एक दिवशीय मान्यता पाएपछि नेपाली खेलाडीबाट बनाइएको यो पहिलो शतक हो ।

Comments
Post a Comment