कमल थापालाई अस्पतालको बेडमाबाट पारसले भने ‘नाउ आई एम गुड’

काठमाडौं । हृदयघात भएर उपचार गराइरहेका छोरा पारस शाहलाई भेट्न पूर्वरानी कोमल शाह नर्भिक अस्पताल पुगेकी छिन् । पूर्वरानी कोमल अस्पतालमा पुगेका बेला राप्रपा अध्यक्ष कमल थापा पनि अस्पतालमै थिए । पूर्वरानी र थापाको जम्काभेट भएको छ भने संक्षिप्त कुराकानी पनि भएको छ ।
अस्पतालको बेडमा उपचार गराइरहेका पूर्वयुवराज पारस शाहले आफु ठिक भएको प्रतिक्रिया दिन थालेका छन् । राप्रपा अध्यक्ष कमल थापालाई पनि उनले अंग्रेजीमा आफु ठिक भएको बताएका थिए । ‘मैले पुर्वयुवराजलाई भेटे उहाँले ‘नाउ आई एम गुड’ भन्दै प्रतिक्रिया दिनुभयो’ थापाले भने । पारसलाई भेटेर फर्किने क्रममा पूर्वरानी कोमलसँग अस्पतालमै भेट भएको थियो । पारसले अघिल्लो दिनभन्दा आफुलाई सन्चो हुँदै गएको प्रतिक्रिया दिएका छन् ।

Comments