को थिए, सारा अलि खानका पहिलो प्रेमी, खोलिन रहस्य

एजेन्सी । बलिउडमा पाइला टेकेलगतै धुम मच्चाएकी सारा अली खानले आफ्नो प्रेम सम्बन्धका बारेमा खुलासा गरेकी छिन् । सैफअलि खानकी छोरी सारा अलि खान चलचित्र ‘सिम्बा’मा निकै सफल भइन । रणविर सिंहसँगको सिम्वा हिट फिल्म भएपछि सारा अली खान नयाँ प्रोजेक्टको छनोटमा व्यस्त छिन् । तर उनले आफ्नो प्रेमको अतितलाई पनि सार्वजनिक गरेकी छिन् ।

फिल्म केदारनाथबाट नजिकिएका सारा र सुशांत स‍िंह राजपूतको अफेयरको चर्चा कम भएको छैन । तर उनले त्यो भन्दा पहिले आफु कसैको प्रेममा परेको बताएकी छिन् ।
आफ्नो पहिलो प्रेम वीर पहार‍िया भएको बताएकी छिन् । पहारिया बलिउड क्षेत्रका ब्यक्ति होइनन् । मन्त्री सुशील कुमार श‍िन्देका नाति हुन् । वीरका भाइसँग जाह्नवी कपूर र‍िलेशनशिपमा रहेको तथ्य पनि खुलेको थियो ।
साराले एक अन्तर्वार्तामा आफू एक पटक प्रेम सम्बन्धमा रहिसकेको खुलासा गरेकी छन् । साराले वीरसँगको सम्बन्ध राम्रो बन्न नसकेका कारण अगाडि बढ्न नसकेको बताइन ।

Comments