इरानलाई पराजित गर्दै जापान फाइनलमा

काठमाण्डौ । यूएईमा जारी एसिया कप फुटबलको फाइनलमा जापान प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै जापान उपाधि नजिक पुगेको हो । जापानलाई जीत दिलाउन युया ओसाकाले दुई गोल गरेका थिए । यस्तै जेन्की हरागुचीले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा ओसाकाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा पाएको पेनाल्टीमा ओसाकाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा जेन्कीले गोल गर्दै जापानलाई ३–० को जित दिलाए । अब ४ पटकको च्याम्पियन जापानले उपाधिका लागि आयोजक युएई र कतारबीचको विजेतासंग खेल्ने छ ।

Comments