जब प्रदेश ५ का मुख्यमन्त्री शिक्षक बन्दै कक्षा कोठामा पुगे, सफल ब्यक्ति बन्ने टिप्स दिए

दाङ । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेल सोमवार बिद्यालयमा शिक्षक बन्दै सफल ब्यक्ति बन्ने बिद्यार्थीलाई टिप्स दिएका छन् । कम्यूनिष्ट पार्टीभित्र लामो समय स्कुल विभागका प्रमुख पोखरेल अध्ययन र अध्यापनमा निकै रुचि राख्ने नेता हुन् ।

सोमबार विहान बिद्यालयको पहिलो घण्टीमै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ माध्यमिक विद्यालय कालाखोलाको कक्षा कोठाभित्र प्रवेश गरे । बिद्यार्थीले पनि शिक्षक जस्तै उठेर सम्मान गरे ।
पहिलो घण्टीमै कक्षा कोठा प्रवेश गरेका मुख्यमन्त्री पोखरेलले बिद्यार्थीलाई पढाई, विद्यालयको अबस्थाका बारेमा प्रश्न गरेका थिए । शिक्षकले बिद्यार्थीलाई पढाई सकेपछि प्रश्न गर्दछन् तर मुख्यमन्त्री पोखरेलले कक्षा कोठामा प्रवेश गर्न साथ प्रश्न सोध्न थालेका थिए । बिद्यार्थीहरुलाई प्रश्न गरिसकेपछि उनले सफल ब्यक्ति कसरी बन्ने टिप्स दिए । प्रदेश ५ ले सामुदायिक विद्यालयको पढाइ र व्यवस्थापन सुधार गर्न नयाँ कार्यक्रम लागु गरेको छ । नयाँ कार्यक्रमको अवलोकण गर्न मुख्यमन्त्री पोखरेल कक्षा कोठामा प्रवेश गरेका हुन् ।

कक्षा कोठामा मुख्यमन्त्री शंकरसँगै , प्रदेश सभा सदस्य उत्तरकुमार ओली , तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे पनि पुगेका थिए । पाण्डेले पनि बिद्यार्थीसँग छलफल गरेका थिए । कक्षा कोठाबाट बाहिर निस्केपछि उनीहरुले शिक्षक र अभिभावकसँग छलफल गरेको मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीले बताए ।

Comments