चेल्सीको कठिन जित, कान्टेले गरे निर्णायक गोल

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । आइतबार भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

क्रिष्टलको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दुवै टिमले गोल गर्ने प्रयत्न गरेपनि गोल हुन सकेन । खेलको दोस्रो हाफको ५१ औं मिनेटमा चेल्सीका लागि फ्रन्सेली मिडफिल्डर एन गोलो कान्टेले गोल गरेका थिए । निक्कै प्रतिस्पर्धात्मक रहेको खेलमा चेल्सीले प्यालेसलाई हराउँदै तालिकामा तीन अंक जोड्न सफल भएको छ ।

खेल अवधि भर ६६ प्रतिशत बल आफ्नो कब्जामा राखे पनि चेल्सीले गोल थप्न सकेन । कान्टेकाे गाेल नै निर्णायक बन्न पुग्याे । यो जितसंगै चेल्सी २० खेलबाट ४३ अंकको साथ खेलको चौथो स्थानमा रहेको छ , भने खेल हारेको क्रिष्टल समान खेलबाट १९ अंकका साथ लिगको १४ औ स्थानमा रहेको छ । शीर्ष स्थानको लिभरपुलको २० खेलबाटै ५४ अंक रहेको छ । शीर्ष स्थानको लिभरपुल भन्दा चेल्सी ११ अंकले पछि परेको छ ।

Comments