उपाधि दाबेदारकाे रुपमा रहेकाे टाेटेनह्याम उल्भ्सह्यम्टनस‌ंग स्तब्ध !

काठमाण्डाै । इंग्लिश प्रिमियर लिगमा उपाधि दाबेदारकाे रुपमा रहेकाे टोटनह्याम पराजित भएको छ । टोटनह्याम उल्भ्सह्ययाम्टनस‌ंग  ३–१ ले स्तब्ध बन्यो । टोटनह्यामकाे घरेलु मैदानमा भएकाे खेलमा ह्यारी केनले टिमलाई शुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा उल्भ्ह्याम्टनले तीन गोल गरेपछि टोटनह्यामको उपाधि जित्ने महत्वकांक्षामा धक्का लाग्न पुग्यो । २२औं मिनेटमा ह्यारी केनले घरेलु टिमलाई अग्रता दिलाएका थिए । सन ह्योङ मिनको पासमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता कायम राखेको टोटनह्याम दोस्रो हाफमा उल्भ्ससँग निरिह बन्यो । ७२औं मिनेटमा हाओ मोउटिन्होको कर्नरमा विली बोलीले हेडर गोल गर्दै उल्भरह्याम्टनलाई खेलमा फर्काए ।

बराबरी गरेको १० मिनेटमा नै उल्भ्सले गोल थप्यो । यसपटक इभन काभालेरोको पासमा राउल जिमिनेजले गोल गरेका थिए । ८७औं मिनेटमा उल्भ्सले तेस्रो गोल ग¥यो । डोट्रीले दिएको बललाई अफसाइट ट्र्याप विट गर्दै हेल्डर कोस्टाले वन भर्सेस वनमा गोल गरेका थिए ।जीतसँगै उल्भरह्याम्टन २९ अंकका साथमा सातौं स्थानमा उक्लिएको छ । टोटनह्यामको ४५ अंक छ । अन्य खेलमा ब्रइटनले एभरटनलाई १–० गाेल अन्तरले पराजित गर्याे भने फुलहमले हर्डस्फिल्डलाई १–० ले नै पराजित गर्याे । उता लेष्टर सिटीलाई कार्डिफ सिटीले १–० ले नै स्तब्घ बनाउँदा वाट्फाेर्ड र न्युक्यासलबीचकाे खेल १–१ बराबरीमा सिकयाे । शीर्ष स्थानमा रहेकाे लिभरपुल र आर्सनलबीचकाे खेल पहिलाे हाफ सकिँदा लिभरपुलले गाेलकाे वर्षा गर्दै ४–१ काे स्थीतिमा पुर्‍याएकाे छ ।

Comments