तीन तलाकको विधेयक आज भारतीय राज्यसभामा, मोदी सरकारलाई सकस

एजेन्सी । तीन तलाकको वीलले भारतीय संसदमा हंगामा भएको छ । प्रमुख सत्तारुढ दल भाजपासहितका दलहरुले मुस्लिम समुदायभित्रको तीन तलाकले २१ औ शताब्दीको सवैभन्दा ठुलो मानवीय अपराधका भएको बताएका छन् भने कंग्रेसआईसहितका विपक्ष दलले तीन तलाक विद्येकको विरोध गरेका छन् ।

मुस्लिम समुदायमा पुरुषले आफ्नी पत्नीलाई तीन पटक तलाक तलाक तलाक भनेपछि सम्बन्ध बिच्छेद हुने गरेको छ । यो संस्कृति महिलामाथीको जघन्य अपराध भएको भन्दै प्रधानमन्त्री नरेन्द्र्र मोदीको सरकारले नयाँ कानुन ल्याउन लागेको हो । तर विपक्ष दलहरुले भावी निर्वाचनलाई लक्षित गरी भाजपाले बिद्येयक ल्याउन लागेको भन्दै विरोध गरेका छन् ।
लोकसभाबाट सर्वसम्मतिले पारित भएको तीन तलाकको बिद्येयक आज राज्यसभामा जान लागेको छ । राज्यसभामा दुवै दल समर्थन र विरोधमा उत्रेका छन् । मोदी सरकारले आज राज्यसभामा तीन तलाकको बिद्येयक पेश गर्न लागेको छ । लोकसभामा पारित भएपनि राज्यसभामा भने विपक्ष दलहको बहुमत रहेको छ । विपक्षसँग बहुमत भएका कारण बिद्येयक पारित गर्न मोदी सरकारलार्य निकै सकस पर्ने देखिएको छ । कांग्रेस लगायतका दलले बिद्येयकलाई छनोट कमिटीमा पठाउन माग गरेका छन् । तर मोदी सरकार भने मतदानमै गएर भएपनि पारित गर्ने पक्षमा छ ।

राज्यसभामा विपक्ष दलहरु एकजुट हुँदै गएका छन् । विपक्षमा रहेका १२ राजनीतिक दलले राज्यसभाका सभापति वेंकैया नायडूलाई पत्र लेखि छनोट कमिटीमा पठाउन माग गरेका छन् । कांग्रेस, एनसीपी, टीडीपी,, सीपीआई, सीपीएम र आम आदमी पार्टीले पत्र लेखेका हुन् । तीन तलाक बिद्येयकका विपक्षमा तमिल नाडुको पार्टीपनि सहभागि भएको छ । सरकारलाई समर्थन दिँदै आएको पार्टी विपक्ष कित्तामा पुगेपछि मोदी सरकारलाई थप सकस परेको छ । राज्यसभामा बिद्येयक जानुअघि भारतीय राजनीतिक दलहरु सामाजिक सञ्जालमा जुहारी चलाउन थालेका छन् ।

Comments