वाइडवडी खरिद प्रकरणमा ४ अर्ब ३१ करोड घोटाला भएको प्रमाण भेटियो

काठमाडौं । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडवडी खरिद प्रकरणमा ४ अर्ब ३१ करोड घोटाला भएकोे निस्कर्ष निकालेको छ । वाइडवडी खरिद प्रकरणको छाननिव गर्न सार्वजनिक लेखा समितिले २६ मंसिरका उपसमिति बनाएको थियो । १५ दिनको छानविनपछि उपसमितिले चार करोड ३१ लाख भ्रष्टाचार भएको निस्कर्ष निकालेको छ ।

सांसद राजन केसीको संयोजकत्वमा गठित सात सदस्यीय उपसमितिले खरिद प्रक्रियामा अनिमितता भएको प्रमाण फेला पारेको हो । चार अर्ब ३१ करोड घोटाला गर्ने नेपाल वायुसेवा निगमका कर्मचारीलाई तत्काल निलम्बनको निर्देशन दिन लेखा समितिलाई सिफारिस गरेको छ । एयर बस गरिदमा ६५ प्रतिशत छुट पाइने भए निगमका कर्मचारीको मिलेमतोमा ५५ प्रतिशत मात्र लिएको उपसमितिले प्रमाण फेला पारेको छ । उससमितले जहाज खरिद प्रक्रियामा राष्ट्रलाई घाटा पुर्‍याउने विधि प्रयोग गरिएको र आफ्नै नियम र कानुनको पालना नगरिएको निस्कर्ष निकालेको छ ।

उपसमितिले लेखा समितिमा पेस गर्ने तयारी गरेको प्रतिवेदनमा विमान गरिद गर्दा वायु सेवा निगमले गठन गरेको अध्ययन उपसमिति, लागत मूल्य र आरएफपी सिफारिस गर्ने र स्वीकृत गर्ने पदाधिकारीलाई कारबाही गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थप छानविनका लागि पठाउन माग गरेको छ । उपसमितिले तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित विमान खरिदमा संलग्न पदाधिकारीहरुलाई तत्काल निलम्बन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।

उपसमितिले २४२ टन क्षमताको विमान ल्याउने सझौता गरेर २३० टन क्षमताको मात्र ल्याएर राज्यलाई थप एक अर्ब ३ करोड ३३ लाख क्षति पुर्‍याएको पनि ठहर गरेको छ ।

Comments