पूर्वप्रधानमन्त्री मनमोहन सिंहको जीवनमा आधारित फिल्मले भारतीय राजनीतिमा खैलाबैली

एजेन्सी । १० बर्ष भारतको शासन सत्ता समालेका अर्थशास्त्री तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित एक फिल्मलाई लिएर राजनीतिक द्धन्द सुरु भएको छ । पूर्वप्रधानमन्त्री सिंहको जीवनीमा आधारित फिल्मको टेलर सार्वजनिक भएलगतै भारतीय सत्तारुढ दल बिजेपी र कंग्रेसआईबीच वाकयुद्ध सुरु भएको हो । मनमोहनको जीवनीमा आधारित ‘दी एक्सीडेन्टल प्राइमिनिस्टर’ फिल्मलाई लिएर दुवै दलका नेताहरु बयानबाजीमा उत्रेका छन् ।
अघिल्लो महिना रिलिज हुन लागेको यो फिल्ममा अभिनेता अनुपम खेरले अभिनय गरेका छन् । मनमोहनको अभिनय अनुपमले गरेपछि फिल्म हलमा आउनुभन्दा पनि पहिले नै चर्चामा पुगेको छ । टेलर सार्वजनिक भएको २० घण्टामा ५० लाखभन्दा बढि मानिसले भिजिट गरिसकेका छन् । फिल्मलाई लिएर कंग्रेसले लगातार विरोध गरिरहेको छ भने महाराष्ट्र युवा कंग्रेसका अध्यक्ष सत्यजीत ताम्बेले अदालत जाने चेतावी दिएका छन् । उनले फिल्मबाट सम्मानीत नेताको बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । मनमोहनसिंहको जीवनीमा आधारित यो फिल्म मनमोहनका प्रेस सल्लाहकारको किताव अनुसार निर्माण गरिएको छ ।
फिल्मको टेलरमा गान्धी परिवार र कंग्रेसआईको सम्बन्धका बारेमा देखाइएको छ भने एउटा परिवारको आडका कसरी पार्टी सञ्चालन भएको छ त्यो सवै फिल्ममा देखाइएको छ । मनमोहनको जीवनी आधारित फिल्मले आगमी निर्वाचनमा कांग्रेसलाई धक्का र बिजेपीलाई म्क्का हुने अनुमान भारतभरी गर्न लागिएको छ । फिल्म भारतीय राजनीतिमा ‘गेम चेन्जर’ हुनसक्ने अनुमान गरिएको छ ।

Comments