मलाई आशा छ मेस्सीले चाँडै नै अर्जेन्टिनाबाट फुटबल खेल्नेछन्ः प्रशिक्षक स्कालोनी

काठमाण्डौ । अर्जे्न्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले टिममा लियोनल मेस्सीलाई फर्काउने प्रयत्न गरिरहेका छन् । प्रशिक्षक स्कालोनीले पत्रकार सम्मेलनमा भने ‘मैले मेसीसँग अक्सर कुरा गर्दिन, तर मेरो उनीसँग राम्रो सम्बन्ध छ ।’ ‘मैले सन् २०१९ मा अर्जे्न्टिनासँग जोडिनका लागि मेस्सीलाई आग्रह गर्न चाहन्छु, आशा छ यसमा मेस्सीबाट सकारात्मक जवाफ आउने छ ।’ प्रशिक्षक स्कालोनीले भनेका छन् ।

फ्रान्स विश्वकपमा अर्जे्न्टिना बाहिरिएपछि देशका लागि केही समय नखेल्ने घोषणा गरेका मेस्सीले अझै राष्ट्रिय टिममा फर्कने चासो देखाएका छैनन् । त्यतिबेला उनले केही समय ब्रेक लिने बताएका थिए । मेस्सीलाई फर्काउने विषयमा प्रशिक्षक स्कालोनीले छलफल गरिरहेको पुष्टि गर्दै आसन्न कोपा अमेरिका कपका लागि मेस्सीलाई फर्काउने योजना रहेको बताए । तर अर्जे्न्टिनाको राष्ट्रिय टिमबाट नखेले पनि मेस्सीले स्पेनिस ला लिगामा बार्सिलोनबाट खेलिरहेका छन् । उनले प्रशिक्षक स्कालोनीको भनाईमा कुनै प्रतिक्रिया जनाएका छैनन् । आम दर्शक मेस्सीले अर्जेन्टिनाबाट फुटबल खेलेको हेर्न चाहन्छन् ।

Comments