‘पोर्न साइट बन्द गर्दा २२ प्रतिशत रिसाए, समाज कता जाँदै छ ? : मन्त्री बाँस्काेटा

काठमाडाैं ।  विवादित र किस्सासहितका अभिव्यक्तिले चर्चामा आइरहने सुचना तथा संचार मन्त्री गोकुल बाँस्काेटाले माेबाइल युगलाई घाेप्टे युगकाे संज्ञा दिएका छन् ।

आज कम्युटर एसोशियसनको कार्यक्रममा बाेल्दै मानिसहरु थाेरै फर्सद भयाे कि माेबाइलमा घाेप्टिहाल्ने गरेकाले याे युग नै घाेप्टे युग भएकाे बताए ।

कार्यक्रममा ४० मिनेट ढिला पुगेका मन्त्री बाँस्कोटाले भने, “सफाइ दिदै भने देश यस्तै छ । हिड्न लाग्याे भने पाखुरामा समातेर एक छिन गाेप्य छ क्या भन्छन् । के गर्नु । यस्तै छ ।”

माेबाइल प्रविधिका कारण माननिसहरु राती सुत्नसमेत छाडेकाे र धेरैकाे घरबार बिग्रिएकाे भन्दै उनले सुत्न पनि आवश्यक भएकाे बताए । उनले पोर्न साइट बन्द गर्दा २२ प्रतिशत मानिस रिसाएको भन्दै समाज गलतबाटाेतर्फ गएकाेप्रति चिन्ता व्यक्त गरे ।

Comments