सहकारीद्वारा एकल महिलाहरुलाई सम्मान

बर्दिया । बर्दियाककाे  ठाकुरबाबा नगरपालिकामा रहेकाे मालिका बचत तथा ऋण सहकारी संस्थाले एकल महिलाहरुलाई सम्मान गरेको छ ।

ठाकुरबाबा नगरपालिका वडा नम्वर ६ का १५० जना महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको संस्थाकी अध्यक्ष दिलमाया थापाले जानकारी दिइन् ।

निकै लामो समयदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको सहकारी संस्थाले यस पटक गाउँका एकल महिलाहरुलाई सम्मान गरेको अध्यक्ष थापाले बताइन् ।

संस्थाले अगामी दिनमा पनि यस्ता किसिमका सामाजिक कार्यमा एकजुट भएर सधै लागिरहने उनको भनाइ छ ।

Comments