नेकपा केन्द्रीय सदस्यहरु प्रचण्ड निवासमा ‘ढुक्क हुनुहोस, कसैलाई अन्याय हुन दिन्न’

काठमाडौं । केही दिनअघि नेकपा महासचिव विष्णु पौडेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना माग पठाएका नेकपा नेताहरु मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । केन्द्रीय समिति बैठकको माग गर्दै केही केन्द्रीय सदस्यहरु अध्यक्ष दाहाल निवास खुमलटार पुगेका हुन् ।

२१ केन्द्रीय सदस्यहरुले उठाएका मागहरु सचिवालय बैठकमा एजेण्डा बन्नु पर्ने, केन्द्रीय समितिको बैठक बोलाउनु पर्ने माग गर्दै उनीहरु प्रचण्ड निवासमा पुगेका हुन् । प्रचण्डसँग उनीहरुले पार्टीलाई सिमित दायराबाट नचलाउन र निर्णयहरुमा सवैको स्वामित्व लिने अबस्थाको शिर्षजना गर्न आग्रह गरेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।

केन्द्रीय सदस्यहरुले आफ्ना माग राखेपछि अध्यक्ष प्रचण्डले कसैलाई पनि अन्याय हुन नदिने बताएका छन् । ‘तपाईहरुले उठाएका मागहरुमा छलफल गर्नुपर्छ भन्ने पक्षमा छौ,’ भेटमा प्रचण्डले भने ‘तपाइहरु ढुक्क हुनुहोस कसैलाई अन्याय हुन दिन्न् ।’

The post नेकपा केन्द्रीय सदस्यहरु प्रचण्ड निवासमा ‘ढुक्क हुनुहोस, कसैलाई अन्याय हुन दिन्न’ appeared first on YesKathmandu.com.

Comments