कम्बोडियाका प्रधानमन्त्री सेन र म्यान्माकी विदेशमन्त्री सु की काठमाडौंमा

काठमाडौँ । कम्बोडियाली प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर रहेकी विदेशमन्त्री आङ सान सु की काठमाडौं आई पुगेका छन् ।

शुक्रवारदेखि शुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन उनीहरु विहीबार काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्री सेन र नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो ।

अन्य मुलुकका पाहुनापनि आज र भोली काठमाडौं आउदै छन् । ‘एसिया प्यासिफिक समिट–२०१८’मा चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने भएका छन् । मसिंर १३ र १४ गते सम्मेलन हुँदैछ ।

विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइएको छ ।

विदेशी पाहुनाहरुको नेपाल आगमनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था सुदृढ पारिएको छ । आज मंसिर १३ गतेदेखि मंसिर १६ गतेसम्म काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरिएको छ ।

The post कम्बोडियाका प्रधानमन्त्री सेन र म्यान्माकी विदेशमन्त्री सु की काठमाडौंमा appeared first on YesKathmandu.com.

Comments