कांग्रेसको कम्यूनिष्ट शैली– धनी नेताबाट लेबी लिने गरिब नेतालाई घरभाडा दिने

काठमाडौं । २०५६ सालको आमनिर्वाचनका बेला कांग्रेसको एक कार्यक्रममा सन्तनेता कृष्णप्रसाद भट्टराइले भनेका थिए ‘कम्यूष्टिका नेता र पार्टी दुवै धनी भए, कांग्रेसका नेताहरु धनी, पार्टी गरिव भयो ।’

सन्तनेता भट्टराईको चिन्तालाई झण्डै २० बर्षपछि नेपाली कांग्रेसले अबलम्बन गर्न थालेको छ । कांग्रेसको केन्द्रीय कार्यालयले केन्द्रीय स्तरका सवै नेताको सम्पति विवरण संकलन गर्न लागेको छ । कुन नेताको कति सम्पति त्यसको विवरण अब नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा अभिलेख रहने भएको छ ।

लामो समय सत्ता बसेको कांग्रेसका धेरै नेताहरु मन्त्री र लाभदायिक पदमा पुगे । उनीहरुले आफ्नो आर्थिक अबस्थामा  सुधार मात्र ल्याएनन्, धनी ब्यक्तिकै सूचिमा पर्न थालेका छन् । कांग्रेसले ति नेताको सम्पति विवरण संकलन मात्र गर्ने हो या छानविन पनि गर्ने हो त्यो भने अझै खुल्न सकेको छैन ।

नेताको सम्पति छानविन नगरेपनि कांग्रेसले धनी नेताहरुबाट धेरै लवी लिने र काठमाडौंमा डेरा गरी बस्ने गरिब नेतालाई खाना र बस्नका लागि रकम दिने नीति लिन लागेको छ । यो कांग्रेसले अपनाएको युद्धकालिन कम्यूनिष्ट नीति हो ।

कतिपय कांग्रेसका नेताहरु अति धनी छन् भने कतिपय निकै गरिब पनि छन् । काठमाडौंमा डेरा गरी बस्ने नेताहरु भ्रष्टकर्मचारी र ठेकेदारबाट आफ्नो गुजारा चलाइरहेका छन् । भ्रष्टकर्मचारी र ठेकेदारबाट उनीहरु मुक्त गराउन कांग्रेसले लवी नीति लिएको स्रोतले बताएको छ ।

The post कांग्रेसको कम्यूनिष्ट शैली– धनी नेताबाट लेबी लिने गरिब नेतालाई घरभाडा दिने appeared first on YesKathmandu.com.

Comments