नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडका मजदूरहरु हडतालमा

काठमाडौँ । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड बुटवलमा कार्यरत मजदुरहरुले धर्ना थालेका छन् ।

लिमिटेडमा क्रियाशील युनियन र अखिल नेपाल औद्योगिक मदजुर युनियनको पहलमा १ सय ७८ जना मजदुर धर्नामा बसेका हुन् । खाईपाई आएको तलवमा ५ हजार रुपैयाँ र महंगी भत्ता ३ हजार ५ सय थप हुनु पर्ने माग आफूहरुको रहेको वार्ता कमिटीका सदस्य पदमराज रिजालले जानकारी दिए ।

मजदुर र व्यवस्थापक पक्षबीच दुई पटकसम्म श्रम कार्यालयमा वार्ता भएपनि नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको व्यवस्थापन पक्षले यसअघिको सम्झौता स्थगित गर्नु पर्ने माग राखेपछि कर्मचारी र मजदुर थप आक्रोशित बनेका छन् ।

१२ अौँ तह सम्मका सबै मजदुरलाई २२ सय देखि २६ सय रुपैयाँसम्म तलव बढाउने प्रस्ताव लिमिटेडले ल्याएपनि मजदुरहरुले भने त्यसलाई अस्वीकार गरेका छन् । नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडमा बुटवल पावर कम्पनीको ५१ दशमलव ३०, आई के एन ईन्ड्रस्टियल नर्बेको ४६ दशमवल ९, बुटवल टेक्निकल इन्ष्टिच्युटको १ दशमलव ०७ र हिमाल हाइड्रो तथा जनरल कम्पनीको शून्य दशमलव ७१ प्रतिशत सेयर छ ।

लिमिटेडले प्रत्येक बर्ष ५ देखि १० प्रतिशतसम्म बोनस बाँडे पनि आफूहरुमाथि वेवास्ता हुने गरेको कर्मचारी र मजदुरहरुको गुनासो रहेको छ ।

The post नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडका मजदूरहरु हडतालमा appeared first on YesKathmandu.com.

Comments