ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो चार महिनामा करिव रु ५० लाख रकम भेटीमार्फत सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिए ।
यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकी छ । मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् । वार्षिक स्वदेशी तथा विदेशी गरी रु दुई लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटिघाटी सङ्कलन हुँदै आएको छ ।
The post पाथीभरामा चार महिनामा ५० लाख भेटी appeared first on YesKathmandu.com.
Comments
Post a Comment