निर्मलाको हत्यामा सरकारमाथी अन्तराष्ट्रिय दवाव, राष्ट्रसंघले भन्यो–सरकारको कदम शंकास्पद

काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा नेपाल सरकारमाथी अन्तराष्ट्रिय दवाव पनि पर्न थालेको छ । देशभित्र निरन्तरबाट निरन्तर दवाव भइरहेका बेला संयुक्त राष्ट्रसंघले पनि निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल सरकारको कमजोरी रहेको बताएको छ ।

युएन स्पेसल र्‍यापोटर अन भायलेन्स अगेन्स्ट वुमन’ डुब्राभ्का सिमोनोभिकले निर्मला बलात्कार तथा हत्यामा नेपाल सरकारले कमजोरी गरेको बताएकी छिन् । उनले आफ्नो प्रतिबेदनमा नेपाल सरकारको कमजोरीलाई समावेश गर्ने बताइन । कञ्चनपुर लगायत नेपालका १० गाउको अध्ययन गरेर फर्केपछि सिमोनोभिकले भनिन्, ‘निर्मला प्रकरणमा सरकारमाथी दर्जनौ आशंका उठेका छन् । यहाँ नेपाल सरकारले गलत कदम उठाएको छ र चुकेको पनि छ । त्यो पक्षलाई मेरो अन्तिम प्रतिवेदनमा समावेश गर्नेछु।’

निर्मला पन्तको न्यायका लागि कञ्चनपुरदेखि काठमाडौंसम्म तातिएको छ । सरकारले निर्मला पन्तका हत्यारालाई जोगाउन खोजेको आरोप नेपाली समाजमा लागि पनि रहेको छ । यही बेला संयुक्त राष्ट्रसंघले पनि आफ्नो दवाव बढाउने भएको छ । निर्मला बलात्कार तथा हत्या प्रकरणमा सत्तामा रहेका ब्यक्तिकै नातेदार भएको आरोप राजनीतिक बृत्तबाटै लाग्न थालेको छ । नेपाली कांग्रेसका नेता गगन थापाले कञ्चनपुर पुगेर रामबहादुर थापा गृहमन्त्री भएसम्म निर्मलाका हत्यारा सार्वजनिक नहुँने बताएका थिए । भने, विप्लव नेतृत्वको नेकपाले पनि सत्ता सञ्चालककै छोराहरुबाट निर्मलाको बलात्कार र हत्या भएको बताएको थियो ।

The post निर्मलाको हत्यामा सरकारमाथी अन्तराष्ट्रिय दवाव, राष्ट्रसंघले भन्यो–सरकारको कदम शंकास्पद appeared first on YesKathmandu.com.

Comments