नेपाल आइडलको टप ५ मा पुग्न आज रविले प्रतिस्पर्धा गर्दै, भोट गर्न सबैलाई अपिल

काठमाडौं । जारी ‘नेपाल आइडल सिजन २’ अन्तर्गत ‘टप ५’ मा पुग्न आज रवि ओडले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आज रविले स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको ‘विरताको चिनो’ बोलको राष्ट्रिय गीत गाउने तयारी गरेका छन् । उनले  उत्कृष्ट प्रस्तुति दिने तयारीका साथ बसिरहेका छन् ।

गएका अंकहरुमा ‘लोक दोहोरी’, ‘पप गीत’ देउडा, आधुनिक लगाएतका गीत गाएका रविले आज राष्ट्रिय भावनाले ओतप्रोत गीत गाउन लागेका हुन् ।

नेपाल आइडलको टिमले सामाजिक सञ्जाल यूट्युव मार्फत सार्वजनिक गरेको यो हप्ताको ‘प्रोमो’मा आज ६ जना प्रतिस्पधीहरुले आ आफ्नो आवाजमा फरकफरक राष्ट्रिय गीत गाउने भएका हुन् । सार्वजनिक प्रोमोमा भनिएको छ, ‘बिहीबार राष्ट्रियता जगमगाउने एक विषेश एपिसोड रहने छ ।’

सुदूरपश्चिमबाट ‘नेपाल आइडल’ प्रतिस्पर्धा गरिरहेका रवि अहिलेसम्म ‘खतराको सूची’ मा परेका छैनन् । उनले यो अंकमा पनि दमदार प्रस्तुति दिदैं आइडलको आगामी यात्रा सजिलै सुरक्षित गर्ने योजना बनाएका छन् ।

विगतमा उत्कृष्ट प्रस्तुती दिदैं स्रोता(दर्शकको मन जित्न सफल रविले आनज पनि त्यही लय दोहोर्याउने आँकलन गरिएको छ ।

यसरी गर्न सकिन्छ रविलाई भोट :

रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।

भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

The post नेपाल आइडलको टप ५ मा पुग्न आज रविले प्रतिस्पर्धा गर्दै, भोट गर्न सबैलाई अपिल appeared first on YesKathmandu.com.

Comments