कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी नेत्री सुकी काठमाडौंमा

काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेन, म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुकी नेपाल आइपुगेका छन् । एशिया प्यासिफिक समिटमा भाग लिन बिहिबार काठमाडौं आइपुगेका हुन्। औपचारिक नेपाल भ्रमण भएका कारण नेपाल सरकारले उनीहरुलाई अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

विदेशी पाहुनालाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका छन् । नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। नेपालमा रहँदा उनीहरुले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

The post कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी नेत्री सुकी काठमाडौंमा appeared first on YesKathmandu.com.

Comments