लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा करवाही गर्नुपर्छ : वरिष्ठ नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदारलाई राज्यले कडा करवाही गर्नुपर्ने बताउनु भएको छ ।

बुधबार काठमाडौको गोठाटारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले काममा लापरबाही गर्ने ठेकेदारलाई जहिले सम्म कानुनी कठघरामा उभ्याईने काम गरिदैन तब सम्म तोकिएको समयमा काम सम्पन्न हुंदैन भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।

उहांले राजनीतिक नेतृत्वले गलत काम गर्ने ठेकेदार लाई संरक्षण गर्ने काम गर्ननहुने धारणा राख्नु भयो ।

कार्यक्रममा सांसद सरिता न्यौपाने,प्रदेश सांसद मणिराम फुंयाल र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले समसामयिक बिषयमा मन्तव्य राख्नु भएको थियो ।

Comments