बिरामी भएपछि प्रधानमन्त्री अाेली चियापान कार्यक्रममा आएनन्

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन सकेनन् । नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेता कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
चियापानमा सहभागीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गरेका थिए । सुरुमा प्रधानमन्त्री ओली ३ बजे आउने भनिएको थियो । तर, अन्तिम समयमा आएर सहभागी भएनन् । ‘स्वास्थ्यमा केही समस्या देखिएकाले नआउनु भएको हो । भौतिक रुपमा उपस्थित नभएपनि भावनात्मक रुपमा उपस्थित हुनुहुन्छ’ नेकपाका महासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरुलाई भनेका थिए ।

Comments