आचार्यको ‘म देश लेख्छु, तिमी गित गाऊ’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार नवराज आचार्यको देशभक्तिपूर्ण गीत ‘म देश लेख्छु, तिमी गित गाऊ’ सार्वजनिक भएको छ ।

यूट्युबमार्फत सार्वजनिक गरिएको गीतमा आचार्यको स्वर तथा संगीत रहेको छ भने भोजराज खोटाङ्गेको शब्द रहेको छ । गीतको संगित संयोजन मनोहर सोनामले गरेका हुन् भने, रेकडिङ्ग र ध्वनि मिश्रण भोला पौड्यालले गरेका हुन् ।

यो देश शहिदको रगतले बनेको र शहिदको रगतले नै यो रातो झण्डा पोतिएको भन्ने निकै सुन्दर भावले समेटिएको यस गीतमा सबै नेपाली मिलेर अघि बढनु पर्छ भन्ने सन्देश दिइएको छ ।

पूर्व मेची पश्चिम महाकाली जो जहाँ भएपनि हामी मिलेर अगाडि बढ्नुपर्छ, सबै एकजुट भएर हातेमालो गर्नुपर्छ भन्ने भावना र माया प्रेमले ओतप्रोत यो गीत धेरै श्रोताले रुचाउने अनुमान गरिएको छ ।

हेर्नुहोस् भिडियो :

Comments