गोरखापत्र संस्थानका महाप्रबन्धक उपाध्याय पदमुक्त

काठमाण्डौ । सरकारले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ । अब सरकारी निकायमा विद्युतीय पत्राचारले पनि मान्यता पाउने भएको छ । उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले महाप्रवबन्धकमा नियुक्त गरेको थियो ।

Comments