एक सय ८८ जना यात्रु बोकेको लायन एयरको विमान समुद्रमा दुर्घटनामा

काठमाडौँ । एक सय ८८ जना यात्रु बोकेको लायन एयरको बोइक(७३७ विमान सोमबार बिहान दुर्घटना भएको छ ।

इन्डोनेसियाको राजधानी जकर्ताबाट पाङ्काल पिनाङका लागि गइरहेको उक्त विमान समुद्र कट्ने बेलामा सम्पर्क विहीन बनेको थियो।

विमान समुद्रमा दुर्घटना भएको छु राष्ट्रिय खोज तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले एएफपी न्यूजलाई भने, ‘विमानको भग्नावेश र विमान सवारहरुको खोजीकार्य गरिरहेका छौँ।’

विमानमा १ सय ७८ जना वयस्क, एक शिशु र दुई बच्चा, दुई पाइलट र ५ जना चालक दलका सदस्यहरु सवार रहेको लाइन एयरले प्रेस विज्ञाप्ती मार्फत जनाएको छ।

Comments