किसानको ४६ करोड भन्दा धेरै रकम नतिर्ने मिल सञ्चालक अग्रवाल पक्राउ

काठमाडौँ । उखु किसानको करोडौँ रकम भुक्तान नगर्ने चिनी मिल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उखु किसानको ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तान नगर्ने चिनी मिल सञ्चालक राकेश अग्रवाललाई बुधबार पक्राउ गरेको हो ।

इन्दिरा सुगर एण्ड एग्रो प्रालि नवलपरासीको तर्फबाट ८ करोड ५८ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ र अन्नपूर्ण सुगर मिल्स प्रालि सर्लाहीको तर्फबाट ३८ करोड ६८ लाख रुपैयाँ गरी ४७ करोड २६ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ । यी दुवै मिलका सञ्चालक अग्रवाल हुन् ।

पक्राउ गरेका उनलाई सर्लाही पठाउने कि काठमाडौं हिरासतमा राखेर अनुस्नधान गर्ने भन्नेबारे छलफल भएपछिमा मात्रै टुंगो लाग्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

किसान, आपुर्ति मन्त्रालय र कृषि मन्त्रालयबाट गृहमन्त्रालयमा मंगलबार निवेदन परेको थियो । गृहले मंगलबार नै प्रहरी हेडक्वाटरलाई पक्राउ गर्न भन्दै पत्राचार गरेको थियो । गृहको पत्र पाएको भोलीपल्टै प्रहरीलले अग्रवाललाई पक्राउ गरेको हो ।

Comments