कामचोर कर्मचारी बर्खास्त हुन्छनः मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासाथ नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन्। मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि कर्मचारीहरूलाई आग्रह गरे। उनले कर्मचारीहरूको क्षमता बढाउने काममा केन्द्रित हुन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन पनि दिए।

प्रतिष्ठानको ३६औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री पण्डितले इमानदार भएर कार्य क्षेत्रमा खटिन पनि सबै कर्मचारीहरूलाई सचेत गराए। मन्त्री पण्डितले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न नसकेको भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरे। कार्यक्रममा मन्त्री पण्डितले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेका थिए।

Comments