वर्तमान सरकार नाम मात्रको कम्युनिष्ट- नारायणमान बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बालुवाटार, सिंहदरबार र शीतलनिवास ठगहरुको घेराबन्दीमा परेकाले जनताले दुःख पाएको बताएका छन् ।

भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको पूँजीवादी नीतिको ‘व्यक्ति धनी हुने सिद्धान्त’का कारण वर्तमान सरकार नाम मात्रको कम्युनिष्ट सरकार भएको आरोप लगाए ।

उनले अहिलेको सरकारले गरिब जनताका लागि भन्दापनि धनीहरुको फाइदाको काम गरेको आरोप लगाए । संघीयता कार्यावन्यनका लागि प्रदेश र स्थानीय सरकारसंग संघ सरकारले समन्वय गर्नु पर्ने पनि बिजुक्छ बताए ।

अध्यक्ष बिजुक्छेले सिंहदरबारको अधिकारमात्र नभएर भ्रष्टाचारपनि गाउँगाउँमा पुगेको बताए । उनले भने, ‘बालुवाटार र शीतल निवासमा निरन्तर भइरहेको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको छ ।’

Comments